विराटनगर किङ्सको ठूलो दाउ, श्रीलंकाली स्टार चरिथ असलंका अनुबन्धित 

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।

बायाँहाते आक्रामक ब्याटर असलंका श्रीलंकाका अनुभवी अन्तर्राष्ट्रिय खेलाडी हुन्। उनले ७७ टी–२० अन्तर्राष्ट्रियमा १,४६६ रन बनाउनुका साथै ७ विकेट लिएका छन्। समग्र टी–२० क्रिकेटमा उनको नाममा ३,७१५ रन र ३७ विकेट छन्।

श्रीलंकाको सीमित ओभर टोलीको नेतृत्वसमेत गरिसकेका असलंकाले सीपीएल, एलपीएल, पीएसएल र इन्टरनेशनल लिग टी–२० जस्ता फ्रेन्चाइज प्रतियोगितामा अनुभव बटुलिसकेका छन्।

विराटनगरले उनको अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ। असलंकाले पनि विराटनगरको जर्सीमा एनपीएल खेल्न र नेपाली समर्थकबीच मैदान उत्रिन उत्साहित रहेको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ