एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा 

नेपाल ओलम्पिक कमिटीले जापानमा हुने २०२६ एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगिताको क्रिकेटतर्फको खेल सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुनेछ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्शन झा, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्।

नेपालले यसअघि २०१०, २०१४ र २०२३ को एसियाली खेलकुदमा क्रिकेट खेलेको थियो र तीनैपटक क्वार्टरफाइनलसम्म पुगेको थियो। यसपटक भने विगतको नतिजा सुधार गर्दै अझ अघि बढ्ने लक्ष्यमा नेपाल रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ