सडक दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार दाङ, बारा, रुपन्देही र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइतेसमेत भएका छन्।
प्रहरीका अनुसार विभिन्न स्थानमा भएका दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको विस्तृत विवरण सम्बन्धित जिल्ला प्रहरीले संकलन गरिरहेको जनाएको छ।
