गाजामा क्षतिग्रस्त भवन भत्किँदा २१ जनाको मृत्यु, ११ बालबालिका

गाजा सिटी : गाजा सिटीमा इजरायली आक्रमणबाट यसअघि क्षतिग्रस्त भएको एक आवासीय भवन भत्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ११ बालबालिका र पाँच महिला रहेका छन् भने कम्तीमा १४ जना घाइते भएका छन्।

बुधबार बिहान भत्किएको उक्त भवनमा करिब छ विस्थापित प्यालेस्टिनी परिवार आश्रय लिएर बसेका थिए। भवन असुरक्षित रहेको थाहा हुँदाहुँदै पनि सुरक्षित बसोबासको विकल्प नभएकाले उनीहरू त्यहीँ बस्न बाध्य भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ।

भवन भत्किएपछि उद्धारकर्मी र स्थानीयले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरेका थिए। पर्याप्त उपकरणको अभावका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ