नेपाल–जापान सहकार्यमा नयाँ सम्भावना, अर्थमन्त्री वाग्ले र राजदूत तोरुबीच संवाद
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ।
बुधबार भएको भेटमा नेपाल–जापान आर्थिक सहकार्य, जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता तथा आर्थिक पुनरुत्थानका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ।
दुवै पक्षले प्रभावित समुदायसम्म समयमै सहायता पुर्याउने तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा प्रतिबद्धता जनाएका छन्।
भेटवार्तामा नेपाल र जापानबीचको आर्थिक साझेदारीलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजाने साझा प्रतिबद्धतासमेत व्यक्त गरिएको दूतावासले जनाएको छ।
