लुम्बिनी कांग्रेस अधिवेशनमा रोचक दृश्य : नेताको भीड, कार्यकर्ताको उपस्थिति न्यून 

दाङ : नेपाली कांग्रेसको वडा अधिवेशन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सुरु भए पनि क्रियाशील सदस्य तथा कार्यकर्ताको उपस्थिति अपेक्षाकृत न्यून देखिएको छ।

दाङको एक वडामा ७८८ क्रियाशील सदस्य रहेकामा अधिवेशन उद्घाटनका क्रममा एक सयभन्दा कम सदस्य उपस्थित भएको बताइएको छ। उक्त वडाबाट ७५ प्रतिनिधि छनोट हुनेछन्। अधिवेशनमा पदका आकांक्षी नेताहरू सक्रिय देखिए पनि आम कार्यकर्ताको सहभागिता कमजोर देखिएको छ।

पार्टीभित्रको आन्तरिक विवाद र फरक–फरक अधिवेशन कार्यतालिकाले तल्लो तहका कार्यकर्तामा अन्योल बढाएको स्थानीय क्रियाशील सदस्यहरूको भनाइ छ। एउटा पक्षले ३ गतेदेखि र देउवा समूहले १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेपछि कुन प्रक्रिया आधिकारिक भन्ने अन्योलसमेत देखिएको छ।

नेतृत्व र पदका लागि नेताहरू सक्रिय भइरहँदा आम कार्यकर्ता भने मौन देखिएका छन्। वडा तहसम्म विवाद र विभाजन बढे त्यसले पार्टी संगठन तथा आगामी निर्वाचनमा समेत असर पार्न सक्ने भन्दै कांग्रेसभित्र चिन्ता व्यक्त हुन थालेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ