पदकको लक्ष्यसहित एसियन गेम्स यात्रामा नेपाली क्रिकेट टोली
काठमाडौं : एसियन गेम्समा नेपालको चुनौती प्रस्तुत गर्न जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार काठमाडौंमा विदाइ गरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राखेप सदस्यसचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले टोलीलाई विदाइ गरे।
कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाली टोली राम्रो लयमा रहेको भन्दै पदक जित्ने लक्ष्यसहित जापान जान लागेको बताए। मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्ने विश्वास व्यक्त गरे।
समूह चरणमा नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान र २६ मा जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। नेपाल समूह विजेता बने श्रीलंका र उपविजेता बने भारतसँग क्वार्टरफाइनल खेल्नेछ।
