मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय: बाढी प्रभावितलाई राहतदेखि ‘जेन्जी शहीद दिवस’मा सार्वजनिक बिदासम्म 

काठमाडौं — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापनासहित सात महत्वपूर्ण निर्णय गरेको छ।

🔹 ADB बाट ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।
🔹 बाढी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई कर–महसुल छुटसहित पुनर्स्थापनामा सहुलियत दिने।
🔹 २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति।
🔹 उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक लाई जोखिम भत्ता र निःशुल्क उपचार, मृत्यु भए परिवारलाई    १० लाख रुपैयाँ राहत
🔹 भदौ २३ गते ‘जेन्जी शहीद दिवस’मा देशभर सार्वजनिक बिदा।
🔹 बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने।
🔹 नारायण प्रसाद भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशमा पदस्थापन गर्ने निर्णय।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ