
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार भएको मतदानमा उपस्थित ५८ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरे भने विपक्षमा शून्य मत परेको छ। सरकार टिकाउन ५३ मत आवश्यक थियो।
मुख्यमन्त्री थापालाई एमाले, नेकपा र राप्रपाका सांसदहरूले समर्थन गरेका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित केही विपक्षी दल भने बैठकमा सहभागी भएनन्। विश्वासको मत पाएसँगै थापा मगर नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित बनेको छ।
