डेढ महिनापछि खुल्यो तातोपानी नाका, रोकिएका कन्टेनर नेपाल भित्रिँदै।
:लगातारको वर्षा, पहिरो र सडक क्षतिका कारण करिब डेढ महिनादेखि अवरुद्ध तातोपानी नाका जोड्ने सडक पुनः सञ्चालनमा आएको छ। अस्थायी ट्र्याक निर्माणपछि चीनतर्फ रोकिएका मालवाहक कन्टेनर नेपाल भित्रिन थालेका छन्।
नाका खुलेसँगै दसैं–तिहार लक्षित सामानको आयात तथा नेपाल–चीन व्यापार सहज हुने अपेक्षा गरिएको छ। यद्यपि केही सडक खण्ड अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
