“रसुवा बाढीको कहर : मृतकको संख्या १०० पुग्यो, खोज तथा उद्धार जारी”
रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १०० पुगेको पछिल्लो अपडेटमा जनाइएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। सयौँ मानिस अझै सम्पर्कविहीन रहेको विवरण आइरहेका छन् भने सुरक्षा निकायले खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएका छन्।
