तिब्बतमा हिमपहिरो, नेपालमा बाढीको प्रलय : भोटेकोशी–त्रिशूली तटीय क्षेत्र तहसनहस  

चीनको तिब्बत क्षेत्रमा भएको हिमपहिरोपछि भोटेकोशीमा आएको भीषण बाढीले रसुवासहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा व्यापक क्षति पुर्‍याएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा सुरक्षा निकायको खोज, उद्धार तथा राहत कार्य जारी छ।