बाढीले ऊर्जा क्षेत्रमा ठूलो धक्का : ७५३ मेगावाटका आयोजना प्रभावित, लोडसेडिङको चिन्ता

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका र निर्माणाधीन गरी ७५३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार करिब ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ।

रसुवागढी, माथिल्लो त्रिशूली–३ए, चिलिमे, त्रिशूली र देवीघाटलगायत महत्वपूर्ण आयोजनामा क्षति पुगेपछि विद्युत् आपूर्तिमा दबाब बढेको छ। यद्यपि प्राधिकरणले अन्य आयोजनाबाट विद्युत् व्यवस्थापन गरी लोडसेडिङ हुन नदिने वैकल्पिक व्यवस्था गरिरहेको जनाएको छ।