भोटेकोशी बाढीको पीडा : रोजगारीका लागि रसुवा पुगेका सल्यानका ३५ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सल्यानका ३५ जना अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये अधिकांश रोजगारी तथा मजदुरीका लागि रसुवा पुगेका थिए भने केही सरकारी कर्मचारीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। एक जना घाइते अवस्थामा भेटिएर उपचाररत छन् भने तीन जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीनहरूको खोजी जारी छ र तथ्यांक संकलन भइरहेकाले संख्या थपघट हुन सक्ने बताइएको छ।
