प्रधानमन्त्रीकै गृह जिल्लामा सर्पदंश उपचार संकट, ‘एन्टिस्नेक भेनम’ अभाव 

बर्दिबास : सर्पदंशको उच्च जोखिम रहेको महोत्तरीको बर्दिबासमै ‘एन्टिस्नेक भेनम’ सकिएपछि सर्पदंश उपचार सेवा ठप्प भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको गृह जिल्लामा रहेको उक्त केन्द्रले तराई र पहाडका २१ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको थियो।

औषधि उपलब्ध नभएपछि केन्द्रले भदौ ३१ गते सूचना जारी गरी सेवा रोकिएको जनाएको छ। अहिले उपचारका लागि पुग्ने सर्पदंशका बिरामीलाई जनकपुर रेफर गर्नुपर्ने अवस्था छ।

नेपाली सेनाले १५ वर्षदेखि चौबीसै घण्टा सेवा दिँदै आएको केन्द्रमा औषधि अभावकै कारण पहिलोपटक उपचार अवरुद्ध भएको जनाइएको छ।

स्थानीय सरोकारवालाले सर्पदंशमा समय अत्यन्त महत्वपूर्ण हुने भन्दै तीनै तहका सरकारसँग तत्काल एन्टिस्नेक भेनम उपलब्ध गराएर सेवा सञ्चालन गर्न माग गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ