फिफा यू–१५ विश्वकप : समूह ‘डी’ मा नेपाल, युवा टोलीको विश्व यात्रा सुरु

काठमाडौं : नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ।

बिहीबार सार्वजनिक समूह विभाजनअनुसार नेपालले समूह चरणमा फुटबलको शक्तिशाली राष्ट्र ब्राजिलसहित डीआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘डी’ मा नेपालसहित ६ टोली छन्। प्रतियोगितामा विश्वभरका १९१ राष्ट्रलाई ३२ समूहमा विभाजन गरिएको छ।

फिफा यू–१५ विश्वकप तथा फेस्टिभलको पहिलो संस्करण अजरबैजानमा आयोजना हुँदैछ। प्रतियोगिता अक्टोबर २२ देखि ३१ सम्म सञ्चालन हुनेछ।

ब्राजिलजस्तो विश्व फुटबलको स्थापित शक्तिसँग एउटै समूहमा पर्दा नेपाली युवा खेलाडीले विश्वमञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाउने भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ