गगनको देउवालाई सन्देश– महाधिवेशनमा तपाईंको उपस्थितिले ठूलो अर्थ राख्छ 

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई विगतका विवाद बिर्सेर पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन र उद्घाटन गरिदिन आग्रह गरेका छन्।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा थापाले पार्टी एकताका लागि महाधिवेशन उद्घाटन हुने दिन असोज १६ गते बिहानसम्म पनि देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने बताए।

‘पूर्वसभापतिज्यूले आएर अधिवेशन उद्घाटन गरिदिनु हाम्रा लागि सम्मानको विषय हुन्छ,’ थापाले भने।

उनले पार्टीभित्र कसले झुक्यो वा कसले जित्यो भन्ने बहस छाडेर सबै पक्ष एक ठाउँमा उभिनुपर्ने बताए। विगतका असहमति बिर्सेर अब देश र नागरिकका मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्दैछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ