उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको पहल, रवि लामिछानेले बोलाए सर्वदलीय बैठक 

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष राजनीतिक नेतृत्व सहभागी हुने बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा विशेषगरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका सम्बन्धमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।

यसअघि बसेको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरे पनि हालसम्म उक्त संयन्त्र बन्न सकेको छैन। सोही निर्णयलाई कार्यान्वयनमा लैजान र दलहरूबीच आवश्यक सहमति जुटाउन लामिछानेले पुनः सर्वदलीय छलफलको पहल गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ