मनास्लु हिमपहिरोमा मृत्यु भएका दुई आरोहीको शव काठमाडौं ल्याइयो 

काठमाडौं : मनास्लु हिमालमा हिमपहिरोमा परी मृत्यु भएका दुई आरोहीको शव सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। मृतकमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

शनिबार राति मनास्लुको तेस्रो शिविर (क्याम्प–३) मा टेन्टभित्र सुतिरहेका बेला हिमपहिरो आएर उनीहरूलाई करिब सात फिट हिउँले पुरेको गोरखा प्रहरीले जनाएको छ। दुवै जना मकालु एड्भेन्चरमार्फत मनास्लु आरोहणमा गएका थिए।

यो घटनासँगै यस आरोहण याममा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको छ। यस सिजन मनास्लु आरोहणका लागि ४८० विदेशी आरोहीले अनुमति लिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ