बाढीपछि बेपत्ताको खोजी तीव्र: अस्ट्रेलियाबाट ५० विज्ञ र सुरक्षाकर्मी मैदानमा 

काठमाडौं — विनाशकारी भोटेकोशी बाढीपछि बेपत्ताको खोजी, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग गर्न अस्ट्रेलियाले झन्डै ५० जना अधिकारी तथा प्राविधिक विशेषज्ञ परिचालन गरेको छ। टोलीमा १५ सदस्यीय Disaster Assistance Response Team समेत सहभागी छ।

न्यु साउथ वेल्स र क्विन्सल्यान्डका विशेषज्ञ ड्रोन अपरेटरहरूले अत्याधुनिक प्रविधिबाट दुर्गम क्षेत्रमा नक्सांकन, तस्बिर संकलन र खोजीमा सहयोग गरिरहेका छन्। Australian Federal Police का विपद् पीडित पहिचान विशेषज्ञसमेत नेपालमा परिचालित छन्।

पछिल्लो विवरणअनुसार बाढीपछि अझै ३६ जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा नेपालसहित क्षेत्रीय अधिकारीहरूसँग समन्वय भइरहेको छ।

अस्ट्रेलियाले नेपालका लागि ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता प्रतिबद्ध गरेको छ भने Royal Australian Air Force को C-17 विमानबाट करिब २४ टन राहत सामग्री पनि नेपाल ल्याइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ