यात्रुलाई राहत: राजमार्ग सहज नहुन्जेल हवाई भाडा नबढ्ने

काठमाडौं — बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भई स्थल यातायात प्रभावित भइरहेका बेला यात्रुलाई थप आर्थिक भार नपरोस् भनेर हवाई भाडा नबढाउने सहमति भएको छ। सडक यातायात सहज नहुन्जेल वायुसेवा कम्पनीहरूले हाल कायम भाडादरमै सेवा सञ्चालन गर्ने जनाइएको छ। विपद्का कारण हवाई यात्रुको चाप बढिरहेका बेला गरिएको यो व्यवस्थाले अत्यावश्यक यात्रामा रहेका यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायले यात्रुको चापलाई ध्यानमा राख्दै सुरक्षित र सहज हवाई सेवा सञ्चालनमा जोड दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ