लगातार चौथो दिन सेयर बजार बढ्यो, नेप्से २५६० अंकमाथि
काठमाडौं — नेपाली सेयर बजार लगातार चौथो कारोबार दिन सकारात्मक बनेको छ। सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६०.८४ अंकमा बन्द भएको छ।
आज रु. ३ अर्ब ८३ करोडभन्दा बढीको कारोबार हुँदा ९२ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। कुल ५० हजार ८४४ कारोबार भएका छन्।
बजारमा विशेषगरी निर्जीवन बीमा समूहमा आकर्षण देखिएको छ। यो समूह करिब २.०५ प्रतिशतले बढेको छ। बैंकिङ र उत्पादन तथा प्रशोधन समूह पनि १ प्रतिशतभन्दा बढी बढेका छन्।
आज Pure Energy को सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा Reliance Spinning Mills अग्रस्थानमा रह्यो।
