घर बाढीले लग्यो, जंगल बन्यो आश्रय: बेत्रावतीका पीडित परिवार पालमुनि 

नुवाकोट — विनाशकारी बाढीबाट घरबार गुमाएका बेत्रावती क्षेत्रका विस्थापित परिवार जंगल क्षेत्रमा पाल टाँगेर बस्न बाध्य भएका छन्। सुरक्षित स्थानको अभावमा उनीहरूले स्वाराडाँडा क्षेत्रमा अस्थायी आश्रय बनाएका हुन्।

पीडितहरूले पर्याप्त पाल, ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न, खानेपानी तथा अन्य अत्यावश्यक सामग्रीको अभाव रहेको बताएका छन्। बालबालिका, वृद्ध वृद्धा तथा परिवार सहित खुला र अस्थायी स्थानमा बस्नु पर्दा दैनिक जीवन थप कठिन बनेको छ।

बाढीले घरसँगै स्थानीय पूर्वाधार र जीविकोपार्जनका साधनमा समेत क्षति पुर्‍याएपछि प्रभावित परिवारले सुरक्षित अस्थायी आवास र राहतको व्यवस्था छिटो गर्न आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ