काठमाडौंमा ग्यास संकट: अब जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन पाइने 

काठमाडौं — खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले उपभोक्तालाई राहत दिन जुनसुकै कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीको भरिएको सिलिन्डरसँग साटेर ग्यास लिन सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई यो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्।

नयाँ व्यवस्थाअनुसार आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास उपलब्ध नभएमा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डर उही मूल्यमा साटेर ग्यास लिन सक्नेछन्। अतिरिक्त शुल्क लिन पाइने छैन। यो व्यवस्था हालका लागि काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुनेछ।

सरकारले संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सिलिन्डर साट्न अस्वीकार गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ