रसुवा बाढी अपडेट: मृतक संख्या १,३६९ पुग्यो, ५,१३२ अझै बेपत्ता
काठमाडौं — रसुवा–भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि मानवीय क्षति बढ्ने क्रम जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार मृतक संख्या १,३६९ पुगेको छ भने ५,१३२ जना अझै बेपत्ता तथा सम्पर्कविहीन छन्।
हालसम्म १३,६४६ जनाको उद्धार गरिएको छ। दिउँसोसम्मको विवरणअनुसार फेला परेका शवमध्ये १०२ जनाको पहिचान गरी परिवारलाई जिम्मा लगाइएको थियो।
बाढीले रसुवा, नुवाकोट, धादिङसहित त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ। बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी, स्थानीय निकाय तथा स्वदेशी–विदेशी उद्धार टोलीको अभियान जारी छ।
