नेपाल–भारत सीमा वार्ता जारी, लिपुलेक–कालापानीको गाँठो अझै फुकेन”
नेपाल र भारतबीच सीमासम्बन्धी संयुक्त बैठकहरू भए पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा ठोस निर्णय हुन सकेको छैन। पछिल्लो देहरादुन बैठकमा सीमा सुरक्षा, आवागमन र निगरानीबारे सहमति भए पनि विवादित भूभागको विषय निर्णायक रूपमा टुंगिएन।
सम्बन्धित कार्यदलसँग लिपुलेक विवादमा निर्णय गर्ने अधिकार नभएकाले यो विषय उच्च राजनीतिक तथा कूटनीतिक तहबाट समाधान गर्नुपर्ने देखिएको छ।
