AI मानवताकै लागि ‘अस्तित्वगत जोखिम’ बन्न सक्ने UN को चेतावनी 

जेनेभा — संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्त Volker Türk ले अत्यन्त शक्तिशाली कृत्रिम बुद्धिमत्ता (AI) भविष्यमा मानवताकै अस्तित्वका लागि जोखिम बन्न सक्ने चेतावनी दिएका छन्।

उनले AI को सुरक्षा र नियन्त्रणका लागि विश्वव्यापी रूपमा बलियो व्यवस्था आवश्यक रहेको भन्दै देशहरूबीच स्पष्ट ‘रेड लाइन’, स्वतन्त्र परीक्षण तथा प्रभावकारी नियमनमा सहमति हुनुपर्ने बताएका छन्।

शक्तिशाली AI प्रणाली असफल वा नियन्त्रण बाहिर गएमा महत्वपूर्ण पूर्वाधार, सञ्चार सेवा तथा लोकतान्त्रिक प्रणालीमा समेत असर पर्न सक्ने चिन्ता UN ले व्यक्त गरेको छ।

Türk ले AI कम्पनीहरूलाई जोखिम घटाउन तत्काल कदम चाल्न आग्रह गर्ने बताउँदै प्रविधिको विकाससँगै मानव अधिकार, रोजगारी, लोकतन्त्र र सुरक्षामाथि पर्ने प्रभावलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ