रुस–उत्तर कोरिया सम्बन्धमा नयाँ अध्याय: इतिहासमै पहिलो सडक पुल खुल्यो
अन्तर्राष्ट्रिय — रुस र उत्तर कोरियाले टुमेन नदी माथि निर्माण गरिएको पहिलो सडक पुल सञ्चालनमा ल्याएका छन्। करिब १ किलोमिटर लामो र दुई लेनको यो पुलबाट दैनिक ३०० वटासम्म सवारीसाधन आवतजावत गर्न सक्ने बताइएको छ।
उद्घाटन समारोहमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सङ भिडियोमार्फत सहभागी भएका थिए। झण्डाले सजाइएका ट्रकहरू पुल पार गर्दै दुई देशबीचको नयाँ सडक सम्पर्कको सुरुवात गरेका छन्।
रुस र उत्तर कोरियाबीच यसअघि रेल र हवाई सम्पर्क रहे पनि प्रत्यक्ष सडक पुल थिएन। नयाँ पुलले व्यापार, यात्रु आवागमन तथा आर्थिक र सांस्कृतिक सहकार्य विस्तार गर्ने दुवै देशको अपेक्षा छ।
