बाढीले पुल बगाएपछि भारतले नेपालमा बेलिब्रिज पठाउने तयारी गरेको छ।
काठमाडौं — भोटेकोशीको विनाशकारी बाढीले विभिन्न स्थानका पुल बगाएर यातायात सम्पर्क अवरुद्ध भएपछि भारतले नेपाललाई बेलिब्रिज उपलब्ध गराउने तयारी थालेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालका अनुसार नेपाल सरकारले गरेको मागअनुसार बेलिब्रिज पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ। तर कति वटा बेलिब्रिज पठाइने भन्ने संख्या भने अहिलेसम्म खुलाइएको छैन।
भारतले बाढीपीडितका लागि यसअघि नै दुई खेपमा ४७.५ टन राहत सामग्री नेपाल पठाइसकेको जनाएको छ। बाढीले क्षतिग्रस्त सडक तथा पुलका कारण टुटेको यातायात सम्पर्कलाई अस्थायी रूपमा पुनःस्थापना गर्न बेलिब्रिज महत्वपूर्ण हुने अपेक्षा गरिएको छ
