बर्दिया — रसुवामा आएको विनाशकारी बाढीपछि त्यहाँ विभिन्न काममा रहेका बर्दियाका ९० जना नागरिक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीपछि सञ्चार तथा यातायात सेवा प्रभावित हुँदा उनीहरूसँग सम्पर्क हुन नसकेको बताइएको छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले विवरण संकलन र खोजी कार्य अघि बढाएका छन्।
सम्पर्कविहीन भनिएका सबै व्यक्ति बाढीमा बेपत्ता भएको पुष्टि भने भएको छैन। सञ्चार सम्पर्क टुटेका कारण पनि सूचीमा परेका हुन सक्ने भएकाले आधिकारिक पुष्टि हुन बाँकी छ।
