कृष्णभीरको जोखिम छल्न नयाँ विकल्प: त्रिशूलीपारि १२ किमि सडक तयारी
काठमाडौं — पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पहिरो र सडक भासिने जोखिम कायमै रहेपछि त्रिशूली नदीको अर्को किनारबाट करिब १२ किलोमिटर वैकल्पिक सडक तयार गर्ने काम अघि बढाइएको छ।
बेनीघाट र फिस्लिङ पुल जोड्ने गरी स्थानीय सडक तथा ट्र्याक स्तरोन्नति गरिनेछ। सरकारले यस मार्गलाई दसैंअघि कालोपत्र गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन समाधानका लागि कृष्णभीरमा सुरुङ वा पुल निर्माणको विकल्पसमेत अध्ययन भइरहेको छ।
