पार्टीको निर्देशनविपरीत सरकारमा गएपछि राप्रपाका तीन सांसदमाथि कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

राप्रपाले कारबाहीसम्बन्धी पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। उपसभामुख अप्सरा चापागाईंले संविधान र कानुनअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन।