:“२५ कम्पनीलाई मात्रै मलेसिया पठाउने अधिकारमा चौतर्फी विरोध, सूचीकृत म्यानपावर नै बाहिरिन सहमत” 

:काठमाडौं — मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा देखिएको ‘सिन्डिकेट’ विवादले नयाँ मोड लिएको छ। मलेसियाको FWCMS प्रणालीमा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनी सामूहिक रूपमा बाहिरिन सहमत भएका छन्।

मलेसियाले नेपालका करिब १,२०० इजाजतप्राप्त म्यानपावरमध्ये २५ कम्पनीलाई मात्रै श्रमिक पठाउने प्रक्रियामा सूचीकृत गरेपछि व्यवसायीहरूले विरोध जनाएका थिए। नेपाल सरकारले समेत आफ्नो सहमतिबिना गरिएको उक्त व्यवस्थाप्रति आपत्ति जनाएको थियो।

श्रम मन्त्रालयमा भएको छलफलपछि २५ कम्पनी प्रणालीबाट बाहिरिन सहमत भएका हुन्। अब नेपाल र मलेसियाबीचको कूटनीतिक तथा प्राविधिक छलफलले नेपाली श्रमिक पठाउने आगामी प्रक्रिया तय गर्ने अपेक्षा गरिएको छ।