रियल इस्टेट कारोबारमा उल्लेख्य सुधार 

नेपालमा पछिल्लो समय घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गाको कारोबार १२.२५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ। समग्र आर्थिक वर्षमा पनि कारोबार सुधारतर्फ गएको देखिएको छ।

विशेषगरी ब्याजदर घट्नु, बैंकबाट घरजग्गा कर्जा सहज हुनु र दसैंअघि रेमिट्यान्स बढ्ने अपेक्षाले बजार चलायमान हुने व्यवसायीहरूको विश्वास छ।

तर विज्ञ तथा व्यवसायीहरूले अझै पनि नीतिगत जटिलता, कित्ताकाट तथा लगानीसम्बन्धी प्रतिबन्धलाई बजारको मुख्य चुनौतीका रूपमा औंल्याएका छन्। पछिल्लो चार वर्षदेखि सुस्त रहेको रियल इस्टेट क्षेत्र अब विस्तारै ‘बाउन्स ब्याक’ हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ