नेपालको विपद्‌मा विश्वसँग सहयोगको अपिल: बाढीपीडितका लागि साढे ७ अर्ब जुटाउँदै संयुक्त राष्ट्रसंघ

काठमाडौं — विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसंघ र मानवीय साझेदारहरूले ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ५१ करोड रुपैयाँ सहयोग जुटाउन आपत्कालीन आह्वान गरेका छन्।

चार महिनाका लागि तयार गरिएको योजनाबाट ८४ हजारभन्दा बढी प्रभावित नागरिकलाई नगद सहायता, अस्थायी आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ, खाद्यान्न तथा संरक्षणसम्बन्धी सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।

विशेषगरी सडक तथा आधारभूत सेवाबाट टाढिएका दुर्गम र उच्च हिमाली क्षेत्रका प्रभावित समुदायलाई प्राथमिकता दिइनेछ। जाडो सुरु हुनुअघि कठिन पहुँच भएका क्षेत्रमा अत्यावश्यक सहायता पुर्‍याउने योजना छ।

संयुक्त राष्ट्रसंघले यो अभियान नेपाल सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा भइरहेको राहत प्रयासलाई सहयोग गर्ने गरी अघि बढाइएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ