सेना र निजी हेलिकोप्टरको संयुक्त उद्धार, ११४ जना सुरक्षित 

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा हवाई उद्धारलाई तीव्र पारिएको छ। पछिल्लो विवरणअनुसार नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरमार्फत ११४ जनालाई सुरक्षित उद्धार गरिएको छ।

नेपाल प्रहरीका अनुसार नेपाली सेनाले ८५ जना र निजी हेलिकोप्टरहरूले २९ जना गरी कुल ११४ जनाको उद्धार गरेका हुन्। सेनाले टिमुरे–धुन्चे क्षेत्रबाट ६०, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट ५, बेत्रावतीबाट ४ र त्रिशूली–काठमाडौं रुटबाट ३ जनालाई उद्धार गरेको छ।

बाढी प्रभावित क्षेत्रमा स्थलमार्ग अवरुद्ध भएका कारण हेलिकोप्टर उद्धार महत्वपूर्ण बनेको छ। सरकारले खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरू परिचालन गरेको छ।