लाइसेन्समा नयाँ ‘ईडीएल’ प्रणाली, सेवाग्राहीलाई सास्ती 

यातायात व्यवस्था विभागले नयाँ ‘ईडीएल’ प्रणाली लागू गरेपछि देशभरका यातायात कार्यालयमा सेवा प्रभावित भएको छ। लाइसेन्सको अनलाइन फर्म भर्ने, नवीकरणलगायतका काममा समस्या हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।

नयाँ प्रणालीबाट सेवा सहज बनाउने लक्ष्य भए पनि कार्यान्वयनको सुरुवाती चरणमै देखिएको समस्याले “सिस्टम फेरियो, तर सेवा किन सहज भएन?” भन्ने प्रश्न उठाएको छ।