🏛️ प्रतिनिधिसभाको बैठक पुनः बुधबारका लागि सारियो 

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुनः स्थगित गर्दै बुधबारका लागि सारिएको छ। संसद् सचिवालयले विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसकेको जनाएको छ।

बैठक पटक–पटक स्थगित हुँदा महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयमाथिको छलफलसमेत प्रभावित भएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने तय भएको छ