सिरियाको सैन्य हतियार भण्डारमा शक्तिशाली विस्फोट, चार जना घाइते
दमास्कस : उत्तरी सिरियाको अलेप्पो प्रान्तस्थित अल–इस क्षेत्रमा रहेको सैन्य हतियार तथा गोलाबारुद भण्डारमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा चार जना घाइते भएका छन्।
प्रारम्भिक विस्फोटपछि लगातार अन्य विस्फोटसमेत हुँदा आसपासका क्षेत्रमा त्रास फैलिएको थियो। जोखिमलाई ध्यानमा राख्दै केही परिवारलाई सुरक्षित स्थानमा सारिएको र घटनास्थल आसपासका सडक अस्थायी रूपमा बन्द गरिएको बताइएको छ।
विस्फोटको कारण अहिलेसम्म पुष्टि भएको छैन। अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
