इन्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, १२९ जनाको खोजी जारी
जकार्ता : इन्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटनामा परेपछि कम्तीमा १२९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।
दुर्घटनापछि केही यात्रुको उद्धार गरिएको छ भने बेपत्ता व्यक्तिको खोजीका लागि उद्धार जहाज तथा अन्य टोलीले समुद्री क्षेत्रमा अभियान जारी राखेका छन्।
दुर्घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। अधिकारीहरूले यात्रुको यकिन संख्या तथा घटनाबारे थप विवरण संकलन भइरहेको बताएका छन्।
इन्डोनेसिया हजारौँ टापु मिलेर बनेको देश भएकाले जलयातायात प्रमुख साधनमध्ये एक हो। त्यहाँ विगतमा पनि खराब मौसम, अत्यधिक यात्रु तथा सुरक्षा व्यवस्थासँग सम्बन्धित कारणले गम्भीर पानीजहाज दुर्घटना भएका छन्।
