युक्रेनको निकोपोलमा बसमाथि ड्रोन हमला, पाँचको मृत्यु, सात घाइते 

किभ : युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा यात्रुबाहक बसमाथि भएको रुसी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा सात जना घाइते भएका छन्।

बुधबार निप्रोपेत्रोभ्स्क क्षेत्रको निकोपोल जिल्लामा नियमित यात्रु बोकेको मिनिबसलाई ड्रोनले प्रहार गरेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र हान्झाका अनुसार पाँचै जनाको घटना स्थलमै मृत्यु भएको हो भने घाइते सात जनाको उपचार भइरहेको छ।

निकोपोल युद्धको दक्षिणी अग्रपंक्तिनजिक रहेको क्षेत्र हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाको निन्दा गर्दै आक्रमणको कुनै सैन्य औचित्य नभएको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ