नेपालको घरजग्गा बजारमा सुधार, कारोबार रकम करिब दोब्बर
नेपालको घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ थियो।
कारोबार रकम एक वर्षमा ८६.६८ प्रतिशतले बढेको छ भने घरजग्गा कारोबारको संख्या ४.७४ प्रतिशतले वृद्धि भएको छ। घरजग्गा कारोबारबाट संकलित राजस्वसमेत ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
