सुरुङभित्रको खोजीमा प्रविधिको साथ: स्विट्जरल्याण्डको अत्याधुनिक ड्रोन परिचालन 

रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र जारी खोज तथा उद्धार अभियानलाई सघाउन स्विट्जरल्याण्डले अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। जोखिमपूर्ण तथा उद्धारकर्मीलाई पुग्न कठिन स्थानको अवस्था बुझ्न आधुनिक प्रविधि प्रयोग भइरहेको छ।

भोटेकोशी बाढीपछि लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ए र ३बी लगायतका आयोजनाका सुरुङमा खोजी जारी छ। नेपालले उच्च क्षमताका ड्रोन, LiDAR तथा अन्य विशेष खोज तथा उद्धार उपकरणका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत मागेको छ।

अत्यन्त कठिन भूगोल र जोखिमपूर्ण सुरुङभित्रको खोजीमा आधुनिक प्रविधिको प्रयोगले उद्धार अभियानलाई थप सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ