विपद्‌मा सहयोगको लहर: १० दिनमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे ९ अर्ब 

काठमाडौं — रसुवा, नुवाकोटलगायत क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा करिब ९.५ अर्ब रुपैयाँ संकलन तथा सहयोग प्रतिबद्धता प्राप्त भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंक खातामा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा ६१.४ लाख अमेरिकी डलर प्राप्त भएको जनाइएको छ। तत्काल उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ।

स्वदेशी तथा विदेशी संस्था, निजी क्षेत्र, बैंक र कर्मचारीबाट सहयोग जुटिरहेको छ। सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदै आधिकारिक खातामार्फत मात्र सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच दीर्घकालीन पुनर्निर्माणका लागि करिब १० अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ