बाढीपीडितको अवस्था बुझ्न मैदानमै पूर्वप्रधानमन्त्री ओली, प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
नुवाकोट — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
ओली स्वयंसेवक टोलीसहित विदुर नगरपालिका क्षेत्रका बटार, ढुङ्गेलगायत बाढी प्रभावित स्थानमा पुगेर क्षतिको स्थलगत निरीक्षण गरेका हुन्। उनले प्रभावित स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या तथा तत्काल आवश्यकताबारे जानकारी लिएका छन्।
भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नदी किनारका बस्ती, सडक, पुल तथा अन्य संरचनामा व्यापक क्षति पुगेपछि राहत तथा पुनःस्थापनाको काम जारी छ।
नुवाकोट जानुअघि ओलीले पार्टी कार्यालय च्यासलमा बाढीपीडितका लागि राहत सामग्रीसमेत हस्तान्तरण गरेका थिए।
