नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार पनि उत्साहजनक
काठमाडौं : सेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९३ अंक अर्थात् ०.४५ प्रतिशतले बढेर २६२४.३६ विन्दुमा बन्द भएको छ।
यस दिन ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ। कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो भने जीवन बीमा समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ।
