नेपाल–साउदी सीधा उडान विस्तार हुँदै, नयाँ गन्तव्य थप्ने तयारी 

काठमाडौं : नेपाल र साउदी अरबबीच हवाई सम्पर्क थप विस्तार गर्ने तयारी भएको छ। दुई देशबीचको हवाई सेवा सम्झौता पुनरावलोकन गर्दै साउदी वायुसेवालाई काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ व्यवस्थाले दुई देशबीचको उडान संख्या र गन्तव्य विस्तार गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ। यसबाट वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली यात्रुसँगै पर्यटन क्षेत्रमा पनि सहजता पुग्ने अपेक्षा छ।

सम्झौता पुनरावलोकनको प्रक्रिया पूरा भएपछि मात्र नयाँ उडान तथा गन्तव्यसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ