सुन तोलामा २,४०० रुपैयाँ सस्तियो, चाँदी पनि घट्यो
काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। आज सुन प्रतितोला रु. २,४०० घटेर रु. ३ लाख १ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य रु. ३,१०० घटेर रु. ३ लाख ४ हजार ३०० कायम भएको थियो। यसरी पछिल्ला दुई कारोबार दिनमा सुनको मूल्य कुल रु. ५,५०० प्रतितोला घटेको छ।
चाँदीको मूल्य पनि आज रु. ३५ घटेर प्रतितोला रु. ४,६९० कायम भएको छ। आइतबार चाँदी रु. ४,७२५ प्रतितोला थियो
