असोज ६ गते अमेरिका उड्दै प्रधानमन्त्री बालेन, UN महासभालाई सम्बोधन गर्ने 

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने भएका छन्। पछिल्लो विवरणअनुसार उनी सेप्टेम्बर २२ (असोज ६) मा नेपालबाट प्रस्थान गर्ने र सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको सम्बोधनमा हालैको विनाशकारी भोटेकोशी बाढी, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, जलवायु न्याय तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डल पठाउने तयारी थियो। तर भोटेकोशी विपत्तिपछि नेपालले भोगिरहेको जलवायु संकटलाई विश्व समुदायसमक्ष उच्च तहबाट प्रस्तुत गर्न प्रधानमन्त्री शाह स्वयं जाने निर्णय भएको हो।

प्रधानमन्त्री नेतृत्वको टोली सानो रहने र भ्रमण पनि छोटो हुने बताइएको छ। पछिल्लो रिपोर्टअनुसार १५ सदस्यीय प्रतिनिधिमण्डलको तयारी भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ