नेपालका बाढीपीडितको सम्झनामा अमेरिकी संसदमा मौनधारण
वासिङ्टन — नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा अमेरिकी प्रतिनिधिसभामा मौनधारण गरिएको छ। अमेरिकी सांसद Grace Mengले सेप्टेम्बर २ मा संसदमा मौनधारणको नेतृत्व गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेकी हुन्।
उनले बाढीबाट भएको विनाशलाई हृदयविदारक भन्दै बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिन्। साथै अमेरिकामा रहेका नेपाली, तिब्बती तथा अन्य एसियाली समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपत्तिबाट प्रभावित सबैको साथमा अमेरिका रहेको बताइन्।
